मंगल जोशी/कञ्चनपुर : माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवशरमा ‘हस्ताक्षर संकलन अभियान’ चलाएको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेस फिर्ती तथा सामाजिक पुनर्स्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यबिधि (Standard Operating Procedure, SOP) निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माइति नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिए । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनर्स्थापना र लैंगिक हिंसा बाट पीडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनर्स्थापनाका लागि आवश्यक स्पष्ट “मानक सञ्चालन कार्यबिधि (SOP) नहुँदा यस क्षेत्रमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु परेको छ । SOP को अभावले उल्लेखित कार्यमा एकरुपता आउन सकेको छैन । संयोजक भट्टले भने-‘बिशेष गरी मानव बेचविखनका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापना गर्ने क्रममा “मानक सञ्चालन कार्यबिधि SOP नभएका कारण बिभिन्न कठिनाईको सामना गर्नुपर्ने अवस्था छ ।
आधिकारिक SOP को अभावका कारण यस कार्यमा सहजता र एकरुपता आउन सकेको छैन ।’ मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ ले मानव बेचविखनका प्रभावितहरुको उद्धार स्वदेश फिर्ती र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारको हुने तथा यसका लागि आवश्यक सबै प्रबन्ध सरकारले नै मिलाउनु पर्ने ब्यवस्था गरेको छ । घरेलु हिंसा (कसुर तथा सजाय ऐन), २०६६ ले लैंगिक हिंसाका पीडितहरुको संरक्षण र निःशुल्क कानुनी सहायतकाको ब्यबस्था गरेको छ । यी ब्यबस्थाहरुमा SOP कै कमीका कारण एकरुपता आउन नसकेको हो । भारत लगायत तेस्रो मुलुक बाट मानव बेचविखनका पीडितहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि SOP अत्यन्त महत्वपूर्ण दस्तावेज हो । सरकारी तवर बाट यस्ता पीडितहरुको उद्धार गर्ने प्रकृया निकै लामो, झण्झटिलो र महंगो छ । पहुंच भएकै मानिसहरुका लागि पनि यो प्रकृया ‘आकासको फल् आंखा तरी मर्’ झैं भएको छ भने, आम सर्वसाधारण नागरिकका लागि नभए वा शुन्य बराबर छ । यीनीहरुको छिटो छरितो सकुशल उद्धार, स्वदेस फिर्ती र सामाजिक पुनर्स्थापनाका लागि गैरसरकारी संघसंस्थाहरु नै सकृय भएर अग्रपंक्तिमा रहनु पर्ने बाध्यता रहेको छ ।
बिदेशमा रहेका पीडित/प्रभावितहरुको सरकारी प्रकृया अनुरुप उद्धार तथा स्वदेश फिर्ती त असम्भवप्रायः छ नै देश भित्रै रहेका मानव बेचविखनका आन्तरिक पीडीत/प्रभावित तथा लैंगिक हिंसाका कारण बिस्थापितहरुको उद्धार, पुनर्स्थानामा समेत अनेकौं बाधा अड्चन रहेका छन् । उद्धार, स्वदेश फिर्ती र सामाजिक पुनर्स्थापनाका यी समस्याहरुलाई सम्बोधन गर्दै यस कार्यमा सहजता र एकरुपता ल्याउनका लागि SOP निर्माण गरी तत्काल लागु गर्न र सो बमोजिम नै ‘समझदारी पत्र (Memorandum of Understanding, MOU) निर्माण गरी अन्तर्राष्ट्रिय स्तरमा पनि लागु गराउनका लागि सरकारको ध्यानाकर्षण गराई दवाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । संयोजक भट्टले भने,–पीडित/प्रभावितहरुको उद्धार,स्वदेश फिर्ती र सामाजिक पुनर्स्थापनामा सहजता ल्याउनका लागि SOP र MOU निर्माण गरी अविलम्ब लागु गराउनका लागि सरकारको ध्यानाकर्षण गर्न लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवशरमा माइती नेपालले देशै भरी हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पहिलो दिन २५ नोभेम्बर (१० मंसिर) देखि शुरु गरिएको यो अभियान सो को अन्तिम दिन १० डिसेम्बर (२५ मंसिर) सम्म चलाईने र यस अवधिमा देशैभरी बाट संकलित हस्ताक्षरहरु एकत्रित गरी ज्ञापन पत्र समेत एकमुष्ठ सरकारलाई बुझाईने कार्यक्रम रहेको संयोजक भट्टले जानकारी गराए । अहिले कञ्चनपुर जिल्लामा यो अभियान महेन्द्रनगर स्थित माइति नेपालको कार्यालय र यसका शाखाहरु क्रमशः सूचना तथा परामर्श केन्द्र गड्डाचौकी, नयां बनेको ४ लेन र झोलुङ्गे पुल दोधारा चांदनी बाट सञ्चालित छ । यस अभियानमा सरिक भई सहयोग गरीदिनका लागि लागि माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट ले सबैलाई आह्वान गरेकी छन् ।