कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी सभा गरेको छ । बिहीबार रास्वपाले चम्मन चोक क्षेत्रमा चुनावी सभा गरेको हो । १६ मंसिर भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा रास्वपाका तर्फबाट होमिएका उम्मेदबार रामदत्त भट्ट रहेका छन ।bचुनावी सभामा रास्वपा जिल्लादेखि केन्द्रका नेता कार्यकर्ताहरुले रास्वपा युवा उम्मेदवार रामदत्त भट्टलाई चुनाव जिताउन आब्हान गरेका छन ।

रास्वपा सुप प्रदेशका सभापति ईन्जिनियर प्रकास विष्टले रास्वपाले भीनपा ६ जिते आफ्नो सम्पूर्ण प्राविधिक शक्ति प्रयोगमा ल्याउने बताए । रास्वपा केन्द्रीय सदस्य तथा सांसद सोबिता गौतमले अहिलेसम्म राजनीतिक परिर्वतन भयो, अब जनताको अवस्था परिर्वतन गर्नुपर्ने भएकाले वैकल्पिक राजनीतिक शक्ति रास्वपा भएकाले उम्मेदवार जिताउन आब्हान गरिन । उनले पाटी सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरेको बताईन ।

रास्वपा सह प्रवक्ता रमेश प्रसाईले ठुला सत्ताधारी राजनीतिक दलहरुले मौन अवधिमा मतदाता प्रभावित पार्ने काम गरेको भन्दै पैशा लिनुहोस तर, मत रास्वपा उम्मेदवार रामदत्त भट्टलाई दिन आब्हान गरेका छन । उनले मतदान सोचविचार नगर्दा पछि दुख भोक्नुपर्ने बताईन । रास्वपा कञ्चनपुरका नेता ज्ञानेन्द्र महताले मौन अवधिमा ठुला सत्ता भएका दल काँग्रेस, एमालेले पैशा बाड्ने भएकाले नागरिकले सोच्नुपर्ने तर्फ ध्यान केन्द्रीत गरिन । रास्वपा उम्मेदवार रामदत्त भट्टले जनताले दिएको विश्वास गुम्न नदिने प्रतिबद्धता जाहेर गरेका छन ।







