कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको स्वामिकार्तिक खापर गाँउपालिका उपाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने भएको छ ।
माओवादी केन्द्र र समाजवादी पाटी केन्द्रको निर्णय अनुरुप नेकपा माओवादी केन्द्रले े स्वामिकार्तिक खापर गाँउपालिका उपाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने भएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले जवा शाहीलाई समर्थन गर्ने सहमती भएको बताए । ‘बाजुरा स्वामिकार्तिक खापर गाँउपालिका उपाध्यक्षमा समाजवादीकी उम्मेदबार जवा शाहीलाई सघाउने जिताउने पाटीको निर्णय भएको छ, ‘उनले भने, ‘सोही अनुरुप प्रदेश पाटी कमिटिले सिङ्गो बाजुरा कमिटिलाई निर्देशन दिएको छ ।’

पाटी केन्द्र प्रदेशको योजना अनुरुप अब माओवादीले समाजवादीलाई सघाउने भएसंगै समाजवादीकी उम्मेदवार शाहीको चुनाव चिन्ह कलममा मतदान गर्न आब्हान गरेको छ । ७ हजार ४६०मतदाता रहेको उक्त गाँउपालिकामा काँग्र्रेस, एमाले, समाजवादीका उम्मेदवार चुनावी मैदानमा छन ।







