दोधारा । बिभिन्न समयमा गरिब, विपन्नहरुलाई चर्चा कमाएका दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले फेरि एक अपांगता भएका महिलालाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ सुनखरी टोलमा बस्दै आएका गंगा गुरुङ्गलाई वडाध्यक्ष केशव खत्रीले आफ्नो ब्यक्तीगत रकमबाट एक थान सिलेण्डर ग्यास र एक थान सिलेण्डर ग्यासमा प्रयोग हुने चुल्हा सहयोग गरेका छन् । गंगा गुरुङ्गको घरमा पुगेर वडाध्यक्ष खत्रीले उक्त सहयोग सामग्री सहयोग गरेका हुन् । यस अघि पनि गुरुङ्गको घरमा आर्थिक कठिनाई भएको अवस्थामा नगद रकम सहयोग गरेका हुन् ।
घरमा खाना पकाउन समस्या भएको अवस्थामा वडा कार्यालयमा पुगेर सहयोग माँगे पछि वडाध्यक्ष खत्रीले आफ्नो ब्यक्तीगत रकमबाट रु. ७ हजार ३ सय बराबरको सिलेण्डर ग्यास र चुल्हा सहयोग गरेको गंगा गुरुङ्गले बताउनुभएको छ् । घरमा एक्लै बस्दै आएका बृद्ध अपांग महिलालाई आगामी दिनहरुमा समेत सहयोग गर्ने वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।
आफुले निर्वाचनामा जनता माँझ गरेको बाँचालाई निरन्तर पुरा गर्दै आएको उहाँले बताउनुभएको छ् । वडाध्यक्ष केशव खत्रीले विपन्न र गरिब तथा दिनदुखीलाई बिगतका दिनहर देखि सहयोग गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।