‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ (दास्ता) हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ् । दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी डिजिटल प्रणाली’ (दास्ता) परियोजना सम्बन्धी सिकाई आदान–प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा स्थानिय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), डीसीए नेपाल, नक्सा र ईन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचएचआर) को संयुक्त लगानीमा तयार पारिएको दास्ता प्रणाली दुवै पालिकालाई हस्तान्तरण गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाादनी नगरपालिका विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेको पालिका भएपनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सा लगाएतका संघ–संस्थाहरुको सहयोगमा विपद् व्यवस्थापनको क्षेत्रमा धेरै राम्रो काम भएको बताउनुभयो । नगर प्रमुख लिम्बुले दास्ता मोबाईल प्रणालीमा विपद् जोखिमको सम्पूर्ण अवस्थाहरु समेटिने भएकाले स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायिक उत्थानशीलतमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो । स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायलाई उत्थानशील बनाउने दास्ता प्रणालीको प्रयोग गर्ने उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दास्ता प्रमाणी मार्फत स्थानिय सरकार र सेवाग्राही संग तथ्यांक उपलब्ध हुने भएकोले पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी सहजता हुने बताउनुभयो । उहाँले दास्ता प्रणालीमा जोखिम नक्सांकन तथा विश्लेषण, निगरानी र मूल्यांकन लगाएतका तथ्यांक हुने भएकाले विपद् व्यवस्थापनका लागि सुरक्षित मार्ग तयार पार्न र राहत वितरण योजना बनाउने काममा समेत सहयोग पुग्ने कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

कार्यक्रममा नक्सा प्रालिका अनुसा पाँण्डेयले दास्ता परियोजनाको कार्यान्वयन प्रक्रिया तथा गत असार र भदौको मनसुनमा बाढी जोखिम व्यवस्थापनमा दास्ता प्रणालीको प्रभाव बारे प्रस्तुती दिनुभएको थियो । त्यस्तै इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले बाढीको मोडेल तयार गर्ने र घरधुरी स्तरको जोखिम मुल्यांकन गर्ने प्रक्रियाको बारेमा जानकारी दिनुभएको छ् ।

कार्यक्रममा सरोकारवालाहरुले दास्ता प्रणाली व्यवहारिक तथा प्रयोगकर्ता–मैत्री उपकरण भएको भन्दै यसले विपद् पूर्वतयारी प्रक्रियामा सुधार गर्न, तथ्यांक त्रुटीमा सुधार गर्न साथै स्थानीय बासिन्दाहरुको क्षमता अभिवृद्धि गर्नमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

ताजा समाचार