नमुना वडा बनाउँछु : काँग्रेस उम्मेदवार प्रकास चन्द


कञ्चनपुर : आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । विद्यार्थीको हकहितका लागि भन्दै किशोरदेखि युवाअवस्थासम्मै २२ बर्ष विद्यार्थी राजनीतिमा खर्चिका पुर्व नेवि संघ नेता प्रकास बहादुर चन्द अहिले वडाध्यक्षको दौडमा छन ।

उनले समग्र वडामा रहेका विद्यमान समस्या जस्तै : डुवान, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका दुव्र्यसनी अन्त्य गर्ने एजेण्डा अघि सारेका छन । ‘यो वडा निकै सम्भावना भएको वडा हो, यहाँ थुप्रै समस्या र चुनौती पनि छन, ति समस्यामा समाधान गर्दै नागरिकलाई सुविधा दिन मेरो उम्मेदवारी हो, वडामा रहेका तीन सामुदायिक विद्यालय सहित अन्य संस्थागत विद्यालय समेत सुदृढि गर्छु, विपन्न विद्यार्थीलाई विशेष छात्रबृति दिन्छु । अतिक्रमित भएका सार्वजनिक सडक सुधार गर्छु, युवा स्वरोजगारका कार्यक्रम अघि बढाउँछु । समग्र वडाको एकीकृत विकास गरेर नगरकै नमुना वडा बनाएर नागरिकलाई सेवा प्रवाह गर्छु ।


Loading Viewer...

ताजा समाचार

spot_img