सुदूरका शिक्षकलाई स्तरीकृत प्रश्न निर्माण तालिम


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका शिक्षकहरुलाई स्तरीकृत प्रश्न निर्माण तालिम दिन लागिएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाका लागि प्रशन निर्माण गर्न सीम विकास तालिम दिन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम प्रदेश व्यवस्थापन कार्यालयका प्रमुख धनपती भेटवालले सुदूरमा पहिलो पटक शिक्षकहरुलाई तालिम दिन लागेकको बताए । उनका अुनसािर गाँउपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका महासंघसंयको सहकार्यमा तीन दिने तालिम संचालन गरिएको बताए ।

अग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुलाई तालिम दिन लागिएको उनले बताए । मंगलबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको उक्त तालिमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीको कक्षा कोठा सिकाई अभिबृद्धि गर्ने उदेश्यले तालिम संचालन गरिएको बताए । उनले पछिल्ला बर्षहरुमा विद्यार्थीमा सिक्ने रुची अभाव भएकाले शिक्षकलाई विद्यार्थीको क्षमता मुल्याङकन गर्दै प्रशन पत्र निर्माणका लागि तालिम संचालन गरिएको बताए । समाजिक विकास मन्त्रालका सचिव गणेश बहादुर सिहले विद्यार्थीको स्तर अनुरुप प्रशन पत्र बनाउनुपर्नेमा जोडदिए ।

उनले प्रविधिको विकाससंगै विद्यार्थीले शिक्षक र कक्षाकोठाको सिकाई भन्दा प्रविधीतर्फ ध्यान दिएको बताए । गाँउपालिका महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष उमेश प्रशाद भट्टले स्थानीय सरकारले विद्यार्थीको सिकाई अभिबृद्धि गर्नका लागि संचालन हुने तालिममा सहयोग गर्ने बताए । अजयमेरु गाँउपालिका डडेल्धुराका प्र्रमुख समेत रहेका गाँउपालिका महासंघका कोषाध्यक्ष भट्टले बालविकासदेखि नै विद्यार्थीको सिकाई स्वदेशमैत्री बनाउनुपर्नेमा जोडदिए । उक्त तालिम संचालन भएपछि सुदूरका शिक्षक उत्साहित भएका छन ।

तीन दिनसम्म संचालन हुने तालिममा डा. गणेश बहादुर सिह स्तरकृत विज्ञ, डा. टीकाराम भट्ट अग्रेजी, रमेश प्रशाद भट्ट अग्रेजी र विज्ञानका जय प्रकास श्रीवास्तले तालिम दिने छन । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले उक्त तालिमले शिक्षकमा थप सिकाईमा अभिबृद्धि गरिने बताए । तालिममा सुदूरका झण्डै ३४स्थानीय तहका १सयको संख्यामा शिक्षक सहभागि भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img