कञ्चनपुर : लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिन्सा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ कञ्चनपुरमा अभियान शुरु भएको हो । हरेक बर्ष २६नोभेम्बरदेखि १० डिसेम्मरसम्म मनाईदै आएको लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान यस बर्षपनि जिल्लाका स्थानीय तह सहितका सरकारी, गैर सरकारी एव महिलाका क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुले दिवस मनाएका छन ।

जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडी नगर तथा गाँउपालिकाले आ–आफ्नो पालिकामा विवित कार्यक्रम गरेर दिवस मनाएका छन । सबै पालिकाले विवित कार्यक्रम गरेर दिवस शुरुवात गरेको घोषणा गरेका छन । जिल्लाकै जेठो भीमदत्त नगरपालिकाले वक्तृत्वकता प्रतियोगिता गरेर दिवस शुरुवात गरेको छ । भीमदत्त नगरका उपप्रंमुख निलम लेखकले लैङिक हिन्सामुक्त पालिका बनाउन वक्तृत्वकला प्रतियोगिता गरेर दिवस मनाएको बताईन ।

उक्त वक्तृत्वकला प्रतियोगितामा महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण स्कुल)का छात्र,छात्राद्वय प्रथम र द्वितिय भएका छन । कृतिका भट्ट, प्रथम र रोहित पन्त द्वितिय भएका छन । भने, आर्दश विद्या निकेतनका छात्रा हिमाली मडै तृतिय भएकी छिन । उनीहरुलाई समापनका दिन पुरस्कार वितरण गरिने छ । भीमदत्त नगरका दर्जनौँ विद्यालयका विद्यार्थी मध्ये उनीहरु विजेता भएका छन । महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)का अध्यक्ष बिरेन्द्रराज विष्टले वक्तृत्वकलामा प्रथम, दोस्रो भएका विद्यार्थीलाई विद्यालयले समेत उचित सम्मान गर्ने बताए । सरोकारवालाले पालिकाले हरेक बर्ष दिवस मात्रै नभई प्रभावकारी कार्यालय ल्याएर हिन्सा न्यूनिकरणमा जोडदिएका छन ।

विभिन्न एनजिओआईएनजिओहरुले समेत नेपालमा लैङिक हिन्सा देखाएर डलर भित्र्राएर कार्यक्तमका लागि कार्यक्रम भन्दा पनि प्रभावकारीमा अधिकारकर्मीको सुझाव छ । कञ्चनपुरकी अधिकारकर्मी भगवती थापाले लैङिक हिन्सामुक्तका लागि महिला र पुरुष दुवै समान रुपमा सचेत हुनुपर्नेमा जोडदिईन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हिन्सा न्यूनिकरणका लागि प्रहरी सकृय रहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लैङिक हिन्सामुक्त समाजका लागि सरोकारवाला अग्रसरमा जोडदिएका छन ।






