दोधारा । कञ्चनपुको दोधारा चाँदनी नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका संकलन कार्यलाई अघि बढाएको हो । गुणस्तरिय सिकाईका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अनुसार पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा १० वर्षे शिक्षा योजना निमार्णको चरणमा रहेको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् ।
१० वर्षे शिक्षा योजना निमार्णको लागी कार्यदल गठन भएको र उक्त योजनामा कस्तो प्रकारको बिषय बस्तु समेट्ने, कस्ता योजना निमार्ण गर्ने सम्बन्धमा कार्यशाला संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो । शैक्षिक विकास नमुना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्ग चित्र बनाउनेमा उहाँले जोड दिनुभएको छ् । नगरपालिकाको शिक्षा विकासको तत्कालीन र दीर्घकालीन अवस्था र लक्ष्य के हो भन्ने भिजन योजनामा राखिने र शिक्षा क्षेत्रको सम्रग विकास नभई समृद्ध नगर बन्न सक्दैन भन्ने उद्धेश्यले शिक्षाको १० वर्षे भावी रणनीति तयार गर्न लागिएको कार्यक्रममा बताईएको छ् ।
गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादन प्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न १० वर्षे रणनीतिक योजना निर्माण गर्ने कार्य भईरहेको जानकारी दिनुभएको छ् । रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाउने र सोही योजना अनुसार बजेट, कार्यक्रम, नीति, समन्वय एवम् सहकार्यका गतिविधी अघि बढाइने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक बिद्यालय, २० वटा संस्थागत बिद्यालय र बिद्यालयमा र समुदायमा गरि ४६ वटा वालबिकास कक्षाहरु संचालनमा रहेका छन् । रणनीतिक योजनामा प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्नादर सतप्रतिशत पुर्याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर सतप्रतिशत पुर्याउने, विद्यालय भन्दा बाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने योजनामा लक्ष्य राखिएको छ् । नगरपालिकाले हाल बिनियोजन गर्दै आएको शिक्षा क्षेत्रको बजेट दोव्वर बनाएर शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने योजनामा समेट्ने तयारी रहेको छ् ।
नगरपालिकामा आवश्यकता अनुसारको पाठ्य सामग्री र पाठ्यक्रमको परिमार्जन, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधी र समावेशी शिक्षालाई जोड दिईने छ् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले आयोजना गरेको पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी कार्यशालाको सामुदायिक बिकास केन्द्र डोटीले प्राविधिक सहयोग गरेको हो ।