धूम्रपान निषेधका अभियन्ता चन्द भीनपा–६का उम्मेदवारहरूलाई वडा नशा मुक्त गर्ने बाचा गराउँदैँ


कञ्चनपुर : नेपालीहरूको दुई ठूला चाड दशैं र तिहार सकिने बित्तिकै शुरु भएको भीमदत्त नगरपालिका–०६को उप निर्वाचनमा वडा अध्यक्ष पदको लागि विभिन्न दल लगायत स्वतन्त्र उम्मेदवार घर घरमा मतदान माग्न गएका छन् । जसले भीनपा–६मा फेरी अर्को पर्व आएझैँ भएको छ । भीनपा–६ का अध्यक्ष महेन्द्र खड्काको २०८० पौष ६ गते मोटरसाईकल दुर्घटनामा निधन भए थियो । त्यस पश्चात रिक्त रहेको अध्यक्षको पदको लागि उप निर्वाचन हुन लागेको हो । भीनपा–६ को टोल टोलमा मतदान माग्न वडा अध्यक्षका उम्मेदवार लगायत कार्यकर्ताको घुँइचो छ विभिन्न किसिमका रङ्गी चङ्गी पम्पलेटले वडा रङ्गिएको छ । नेताहरू आफ्नो पक्षमा मत खसाल्नको लागि वडामा विकासको लहर लाउने वाचाका साथै विभिन्न योजना ल्याउने सपना वडा वासी माझ बाडी रहेका छन् ।

चुनावी अभियान चलिरहेको बेला समाजसेवी तथा धूम्रपान निषेधका अभियन्ता मदन चन्द भने युवाहरू लागू पदार्थको चङ्गुलमा फस्दै गएकोमा धूम्रपान लगायत विभिन्न किसिमका नशा जन्य पदार्थ निषेध अभियान लिएर भीनपा ६ मा हुने उप निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारलाई भेटिरहेका छन् । भेट सँगै सब उम्मेदवारहरूले विजयी भए पछि भीनपा–६ मा धुम्रपान लगायत सबै नसा जन्य पदार्थ बन्द गर्न आफूहरूले पहल गर्ने बाचा गरेको चन्दले बताए । दिनप्रतिदिन युवाहरू लागू पदार्थको चङ्गुलमा परिरहेको बेला हामी सबैले यसका विरुद्ध लागि युवाहरूलाई असल नागरिक बनाउन लाग्नु पर्ने र समाजमा भई रहेका विभिन्न घटना/दुर्घटना लागू पदार्थ सेवन गरे पश्चात भएको देखिएको छ ।

त्यसको रोकथामको लागि पनि सबैले नशा मुक्त समाजको निर्माणका लागि लाग्नु पर्ने धूम्रपान निषेधका अभियन्ता चन्दले बताए । धूम्रपान निषेधका अभियन्ता मदन चन्द वि.स. २०५८ साल देखि धूम्रपान लगायत मदिरा, सुर्तीजन्य पदार्थ र लागू पदार्थ बेचविखनमा विरुद्ध काम गर्दै आएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img