कञ्चनपुर:कञ्चनपुरको भीमदत्त नगरपालिका एक पुर्व प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका पुर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई सम्मान गरिएको हो । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले डाँगीलाई सम्मान गरेको हो । सोमबार एक कार्यक्रमका विच भोजनालयले उनलाई सम्मान गरेको जनाएको छ । हाम्रो भोजनालयका संचालक चक्र प्रशाद मिश्रले आज भन्दा ८ बर्ष अघि भीमदत्त नगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा डाँगीले बजार क्षेत्रको सरसफाईमा आफै खटिएर नगर सफा सुन्दर बनाउन भूमिका निर्वाह गरेको भन्दै उनको कामको सम्मान गरिएको बताए ।

डाँगीलाई हजारीफुलमाला, मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको बताए । ‘हामीले उहाँ हाकिम सापको कामको मुल्याङकन गरेर भित्री ह्यदयदेखि सम्मान गरेका छौँ, ‘उनले भने, ‘देशमा राम्रो काम गर्ने कर्मचारी पनि छन, तिनीहरुले कामका बेला मुल्याङकन नभएपनि पछि जनताले गर्दछ ।’ धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले वातावरण सरक्षणका लागि आफै फिल्डमा खटिने कर्मचारीको नागरिक स्तरबाट समेत सम्मानले उनीहरुको थप काममा उत्साह थपिदिने बताए ।

सम्मान पाएका भीमदत्त नगरका पुर्व प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले उत्साह थपिदिएको बताए । ०७३सालमा भीमदत्त नगरमा कार्यरत उपसचिव डाँगी हाल दाङको तुलसीपुर उप महानगरपालिकामा कार्यरत छन । सम्मान कार्यक्रममा भीमदत्त नगरका ईन्जिनियर हिमालय सिह ऐर, धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्द सहितका सरोकारवाला सहभागि थिए ।







