कञ्चनपुर : कञ्चनपुरमा पनि १०औँ उद्योग दिवस मनाएको छ । आर्थिक सम्बृद्धिको मुख्य मेरुदण्डको रुपमा रहेको उद्योग कञ्चनपुरमा पनि दिवस मनाईएको हो । आइतबार घरेलु तथा साना उद्योग कार्यालयले एक कार्यक्रमका विच दिवस मनाएको जनाएको छ । सरोकारवालाहरुले बस्तु तथा सेवाको उत्पादन, बिक्रि वितरण एव निर्यातमा जोडदिएका छन ।
जयलक्ष्मी गार्मेन्ट उद्योग बेलडाँडीका संचालक युवा उद्यमी जय बहादुर कुँवरले स्थानीय स्तरमा रहेका साना उद्योग प्रर्बद्धनका लागि सरकारी निकायबाट सहयोग गर्नुपर्नेमा जोडदिए । ‘स्थानीय स्तरमा रहेका उद्योगले पनि रोजगारीका कार्यक्रम संचालन गर्दै आएका छन, उक्त उद्योगपनि तीनै तहका सरकारले प्रर्बद्धनका लागि प्रविधी सहयोग आवश्यक हुन्छ, गर्नुपर्ने पनि हुन्छ ।’ घरेलु उद्योग महासंघ कञ्चनपुरका अध्यक्ष हरि प्रशाद जोशीले उद्योग नीति परिमार्जित गर्दै बस्तुको उत्पादन निर्यातमा टेवा पु¥याउने कार्यक्रममा जोडदिए ।

भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले साना तथा घरेलु उद्योगबाट स्थाानीय बस्तुको प्रंर्बद्धनमा जोडदिए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले स्थानीय आवश्यकताका मागका आधारमा तीनै तहका सरकारले उद्योग छनौट गरेर प्रर्बद्धनमा जोडदिएका छन । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका प्रमुख हेमन्त बहादुर सिहले कार्यालयबाट साना उद्योग पब्र्रद्धनका कार्यक्रम संचालन भएको बताए । उनले जिल्लाका कुनैपनि कार्यालयबाट सेवा प्रवाहमा घरेलु कार्यालय कम नभएको दावि गरेका छन । अनुदानदेखिका विभिन्न सीपमुलक कार्यक्रम, प्रविधी हस्तान्तरण पूर्ण पारदर्शी भएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी समेत रहेका अधिकृत छैटौँ राजेन्द्र प्रशाद भट्टले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्ष ०८०÷०८१मा १६ उद्योगीलाई प्रविधी सहयोग गरिएको, एक निर्वाचन क्षेत्र एक उद्योग प्रर्बद्धन कार्यक्तम अन्र्तरगत १९वटा उद्योगलाई उद्योग स्तरबृद्धिका लागि अनुदान दिएको जनाएको छ । हालसम्म १० हजार ९११ उद्योग र १२ हजार २सय १७ वाणिज्य तर्फ फर्म दर्ता भएका छन । चालु आर्थिक बर्ष ०८१/०८२मा ९ कार्यक्रम संचालन गरिनेछन । विछडीएको एकल महिला तथा विपन्न समुदाय, असाहय महिलालाई सीपमुलक तालिम, भगत सर्वजित सिप विकास, ड्रागनफुड उद्योग प्रर्बद्धन, चालक तालिम, महिलाका लागि वन पैदावार आधारित तालिम, छाला जुत्ता उद्योग स्थापना एव प्रविधी हस्तान्तरण, सेनेटरी प्याड, पेम्पर नेमकिन पेपर उद्योग उद्योग प्रर्बद्धन, साना उद्योगीका लागि विद्युत महसुल अनुदान र सस उद्योग कार्यक्रम संचालन हुनेछन । कार्यक्रममा जिल्लाका सरोकार सहितको सहभागिता रहेको थियो ।







