कञ्चनपुर: नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष अनिल घडेरी सहित तीन नेता कार्यकर्ताको अत्याधुनिक सघन उपचार कक्ष(आईसियु)मा राखेर उपचार भईरहेको छ । विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले तीन जना गम्भिर घाईते भएको बताए । उनका अनुसार अखिल समाजवादीका जिल्ला अध्यक्ष घडेरी सहित नेकपाका जिल्ला सदस्यद्वय बासुदेव विक र अम्बिकादेवी चन्दको आईसियुमा राखेर उपचार भईरहेको छ ।

घडेरी, विकको निसर्ग र चन्दको मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । समान्यदेखि गम्भिर प्रकृतिका सबै घाईते खतरामुक्त रहेको नेकपा कञ्चनपुरका इन्चार्ज उपाध्यायले बताए । शनिबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कलुवापुर जंगलमा बस दुर्घटना भएको थियो । नेकपा विप्लव नेता कार्यकर्ताहरु चढेको ना४ख७५५५ नम्बरको बस दुर्घटना हुँदा ३६जना घाईते भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले दुर्घटनामा घाईते भएका महाकाली अस्पताल, धनगढीको मायामेट्रो सहितका अस्पतालमा उपचार भईरहेको छ । महाकाली अस्पताल स्रोतका अनुसार ललित विक, उत्तरा खत्री शुनिल सेजुवाल जानकी जप्रेल आकास जप्रेल, प्रतिम चौधरी रबिना सहितका घाईतेको उपचार भईरहेकामे छ । नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णूप्रकास उपाध्यायले घाईतेको उपचारका लागि स्वास्थ्यकर्मीसंग अपिल गरेका छन ।







