मेसवायर जडानले मानव–बन्यजन्तु विचको द्वन्द्वमा कमी


राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर: मेसवायर(तारजाली) जडान भएपछि शुक्लाफाँटा नगरपालिकामा मानव–बन्यजन्तु विचको द्वन्द्वमा कमी आएको छ । नगरपालिकाको वडा नं ६ को नागेश्वर सामुदायिक वन देखि वडा नं ७ को वातावरण सामुदायिक वन सम्मको आठ किलोमिटर क्षेत्रमा मेसवायर जडानको कार्य गरिएको छ । सुनदेवी उपभोक्ता समितिले दातृ निकायको सहयोगमा मेसवायर जडानको कार्य गरेको हो । मेसवार जडानको कार्य गरिए पछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङगली जनावरले बालीनालीमा पुरयाउने क्षतिमा निकै कमी आएको छ ।निकुञ्ज क्षेत्रबाट छिर्ने बदेल, निलगाई, चितल लगायतका जनावरले खेतवारीमा लगाएको तरकारी देखि अन्नबाली खाएर स्थानिय किसानलाई हैरान पार्ने गरेका थिए । मेसवायर जडान भएपछि स्थानिय बासिन्दाले ढुक्क संग खेती गर्न पाएका छन । खेतवारीमा उत्पादीत अन्नबाली घर भित्र सहज रुपमा भित्राउन पाई रहेका छन । बदेलले विगतमा घर नजिकै आएर खेतवारीमा अन्नबाली खाई रहेका बेला भगाउन जाँदा स्थानिय किसानलाई घाईते बनाउने गरेको थियो ।

“निलगाई र चितलको बथानले रातीका बेला खेतवारीमा छिरेर पुरै बाली सखाप पार्ने गर्दथे, परिवार पाल्नकै लागि स्थानियले भारत तर्फ लाग्नु पर्दथ्यो” स्थानिय रतन रानाले भन्नुभयो, “मेसवायर जडान पछि त्यो कार्य पुरा रोकिएको छ ।”सुनदेवी उपभोक्ता समितिले ताल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वातावरण मध्यवर्ती सामुदायिक वनको सहयोगमा विसं २०७४ देखि हाल सम्म मेसवायर जडानको कार्य गरेको हो ।मेसवायर केही ठाउमा जङगली हात्तीले तोडेकाले मर्मत गर्नका लागि दातृ निकायको सहयोगमा कार्य अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर बिष्टले बताउनु भयो ।मेसवायर जडानका लागि प्रति मिटर रु दुई हजार दुई सयका दरले रकम खर्च गरिएको उहाँको भनाई रहेको छ । “जङगली जीवजन्तु रोकथाममा मेसवायर निकै प्रभावकारी भएको छ” उहाँले भन्नुभयो, “टुटेको ठाउमा मर्मत गरी विद्युत जडानको कार्य गरिए पछि हात्ती रोकथामका लागि पनि प्रभावकारी हुन्छ ।” मेसवायर जडानले मानव–जीवजन्तु विचको द्वन्द्व विगतको तुलनामा निकै कमी आएको उहाँले बताउनु भयो ।

उहाँका अनुसार विगतमा जङगली बन्यजन्तुले स्थानिय किसानको खेतवारीमा नोक्सानी गर्ने भगाउन जाँदा स्थानिय घाइते हुने, त्यसै क्रममा बन्यजन्तु पनि घाइते हुने मर्ने लगायतका कार्य हुने गरेका थिए । हाल त्यो कार्य पूर्ण रुपमा रोकिएको छ ।मेसवायर जडान गरिएको केही ठाउमा स्थानिय बासिन्दालाई आवजतजावतमा सहयोग पुरयाउन आठ वटा सिंढी समेत निर्माण गरिएका छन । मानव–जीवजन्तु विचको द्वन्द्व कम गर्न मेसवायर संगै ८० वटा पोलमा विद्युतीय र सौर्य बत्ती जडानको कार्य गरिएको अध्यक्ष बिष्टले जानकारी दिनु भयो ।“अझै बत्ती जडानका लागि केवुल(तार) तान्ने कार्य निरन्तर भैरहेको छ” उहाँले भन्नुभयो, “उज्यालो देखेर बन्यजन्तु तर्सेर भाग्ने र किसानले टाढैबाट बन्यजन्तु चिनेर भगाउन सजिलो हुने भएकाले बत्ती जडानको कार्यलाई प्राथमिकतमा राखेका छौं ।”यो संगै विद्युतीय उर्जामा आधारित दश ठाउमा साइरन जडानको कार्य पनि गरिएको छ । निकुञ्ज छेउका ७० बढी बासिन्दालाई हेलोजन टर्चलाईट वितरणको कार्य पनि गरिएको छ ।दातृ निकायको सहयोगमा समितिले हात्ती भगाउनका लागि प्रयोग हुने सात थान ठुलो आवज निकाल्न प्रयोग हुने बन्दुक पनि वितरण गरेको छ


Loading Viewer...

ताजा समाचार

spot_img