दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिभिन्न सचेतनामुलक कार्यक्रम गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत जनप्रतिनिधी तथा संघ–संस्थाहरुको एक बैठकले आउदो १० गते देखि सुरु हुने लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानलाई भव्यताको साथ मनाउन बिभिन्न कार्यक्रम तय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाले जनाएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गर ेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत सन्चालन हुदै आएको छ् ।
‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोल बस्तीमा बिभिन्न प्रकारको सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ् । लैगिंक हिंसा बिरुद्ध व्यापक सचेतना अभिबृद्धी गरि यस वर्षको लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान संचालन गरिने दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताएका छन् ।
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान कार्यक्रम प्रभावकारी बनाउन माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी संग समन्वय र सहकार्य गर्ने निर्णय भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताए ।
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन संचालन गर्ने जनचेतनामुलक र्याली गर्ने, वडाहरुको टोल बस्तीमा सचेतनामुलक कार्यक्रम गर्ने र अन्तिम दिन दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।