महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीद्वारा रक्तदान


कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको बहाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीले रक्तदान गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीले रक्तदान गरेका हुन ।
अन्र्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा ल्याब र फार्मेसी तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीले आइतबार एक कार्यक्रमका विच रक्तदान गरेका छन ।

महाकाली बहुप्राविधिक शिक्षालयका सुचना अधिकारी चुडामणी शर्माले रेडक्रस सोसाईटीसंगको सहकार्यमा रक्तदान गरिएको बताए । उनका अनुसार भीमदत्त नगरका मेयर पदम बोगटी, उपमेयर निलम लेखक सहितका जनप्रतिनिधी, रेडक्रस ल्याब शाखा इन्चार्ज नरेन्द्रदेव जोशी,शिक्षालयका निर्देशक परमल सिह साउद सहितको उपस्थितिमा रक्तदान गरिएको छ । विद्यार्थी दिवसकै अवसरमा एक दिन अघि विद्यार्थीले सरसफाई समेत गरेका थिए । ९विद्यार्थीले रक्तदान गरेका छन । उनीहरुले मानविय सेवाका लागि भन्दै रक्तदान गरेको जनाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img