गौडी गाँउका स्थानीयको आन्दोलन : न्यायिक व्यवस्थापनको माग


कञ्चनपुर :  कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ गौडी गाँउमा बस्दै आएका केही स्थानीय आन्दोलित भएका छन ।
गाँउपालिकाले उक्त ग्रिन पार्क क्षेत्रमा खेलकुद मैदान निर्माणको योजना अघि सारेदेखि उनीहरु आन्दोलित भएका हुन । पालिकाले आफुहरु लामो समयदेखि बस्दै आएको र विस्थापित गरेर खेलमैदान निर्माण गर्न लागेको भन्दै वडा र पालिका कार्यालय सहितमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा उत्रिएका छन ।

आन्दोलनमा होमिएका गौडीका स्थानीय गोकर्ण जोशीले लामो समयदेखि बस्दै आएका नागरिकको उचित व्यवस्थापनको माग अघि सारेर आफुहरु आन्दोलनमा होमिएको बताए । उनका अनुसार भूमिहिन, सुकुमबासी एव अव्यवस्थित बसोबासीको उचित व्यवस्थान एव नागरिकका घर विस्थापित नहुने गरेर खेलकुद मैदान बनाउन आग्रह गरेका छन । ‘हामी खेलकुद बिरोधी होईनौँ, ‘उनले भने, ‘हामी नागरिककोे घरबास व्यवस्थापन गरिदिने दायित्व सरकारको पनि हो ।’

पाँच दिने अल्टिमेटम दिएका उनीहरुले यसविचमा वार्ता गरेर आफुहरुको माग पुरा गर्न आग्रह गरेका छन । बेलडाँडी गाँउपालिकाले भने, गाँउपालिका भरी खेलकुद मैदान भएकाले ग्रिनबेल्टकै जमिनमा निर्माण गर्न लागेको जनाएको छ । कुनैपनि नागरिकलाई घरबार एव भूमिहिन नबनाउने गाँउपालिकाले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img