कञ्चनपुर : देउसी भैलो खेलेर संकलन भएको रकम बाट ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ गोदाम चौरमा स्थित महिला तथा वृद्ध सेवा केन्द्रको शाखालाई फाइब/बल्याङ्गकेट दिइएको छ । शुभ दिपावलीको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम बाट ४९ थान फाइबारको बल्याङ्गकेट ललिपुर जिल्ला गोदावरी नगरपालिका–१ गोदाम चौरमा रहको महिला तथा वृद्ध सेवा केन्द्रको शाखालाई प्रदान गरिएको हो । जसमा गोदामचौर स्थित निर्माणधिन अवस्थामा रहेको महिला तथा बृद्ध सेवा केन्द्र र कञ्चनपुरको भीनपा–५, बनखेतमा आश्रित जेष्ठ नागरिकहरुलाई दिइने छ ।

देउसी भैलो जस्तो परम्परागत कार्यक्रम मार्फत मनोरञ्जन मात्र नभएर समाजिक जिम्मेवारीलाई पनि ध्यानमा राखेर अघि बढाएको, समाजमा परिवर्त ल्याउन र सहयोग गर्ने उद्देश्यका साथ वृद्धआश्रमलाई सहयोग गरेको भैलो कमिटिले जानकारी दिए । न्यानो कपडा सहयोग गर्ने अभियान्ता पियुस पौडेल, आलम आदेश, निवान लामिछाने, नकुल गुरुङ, बिजय मगर, आशा राई, राहुल विश्वकर्मा, सम्राट ठकुरी, विजय बराल लगायतका रहेका छन् ।

‘अहिले महिला तथा वृद्धसेवा केन्द्रले आर्थिक अभाव तथा खाद्यान्न संकट भोगिरहेको अवस्थामा यसरी सहयोगी हातहरुले सहयोग गर्दा आफुमा थप उर्जा आउने र पिडामा परेका जिउदा भगवानहरुको सेवमा सहयोग हुने’ महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले बताउनु भयो । विगत लामो समय (करोना महामारी) देखि स्थानिय तह, प्रदेश तथा केन्द्र सरकारले सहयोग नगर्दा धरायसी बन्दै गएको महिला तथा बृद्ध सेवा केन्द्र यसरी सहयोगी हातहरुले गरेको सहयोग बाट अगाडी बढि रहेको छ ।







