अखिल क्रान्तिकारीद्वारा डाईमण्ड बोडिङ्ग स्कुलका विद्यार्थी कुँवर मृत्यु प्रकरण छानबिनको माग

कञ्चनपुर : अखिल क्रान्तिकारी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंक स्थित डाईमण्ड ईङलिश बोडिङ्ग स्कुलका विद्यार्थी सोही विद्यालयकै बसको ठक्करले मृत्यु प्रकरण छानबिनको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले डाईमण्ड ईङलिश बोडिङ्ग स्कुलका विद्यार्थी सोही विद्यालयकै बसको ठक्करले मृत्यु प्रकरण छानबिनको माग अघि सारेको हो ।

बुधबार अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थी अनमोल कुँवरको आफ्नै विद्यालयको बसको ठक्करबाट घाईते भई मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष डिबी धामी(अबिरल)ले हस्ताक्षर गरेको विज्ञप्तीमा पीडित परिवारलाई न्यायदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरिएको छ ।

ताजा समाचार