कञ्चनपुर :तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रुपमा निर्माण भएका सरचना भत्काउन कञ्चनपुरका युवा विद्यार्थीको दवावमा भीमदत्त नगरपालिका स्थानीय सरकारले केशब आश्रम सहितका २ मात्रै पक्की सरचना भत्कायो । दुई मात्रै सरचना भत्काएपछि स्थानीय सरकारको आलोचना भईरहेका बेला केशव आश्रमका संचालक समितिका पदाधिकारीले पूर्वाग्रही रुपमा भवन भत्काएको जनाएका छन ।
बुधबार भवन भत्काएकै स्थानमा पत्रकार सम्मेलन गरेर केशव आश्रमका मान्छेहरुले आफुहरुको मात्रै भवन भत्काएर स्थानीय सरकारले गल्ती गरेको बताएका हुन । केशव आश्रमका सदस्य रदिप पालले स्थानीय सरकारले जंगली, तानाशाही प्रवृतिमा आफ्नो सहित दुई सरचना भत्काएको बताए । ‘हामीले पालिकालाई उतिबेलै तालाचाबी बुझाएका थियौँ, ‘उनले भने, ‘तर पालिकाले चाबी लिएर भीमदत्त नगरपालिका स्वामित्वको भवन घोषणा गरेपनि तोडिदियो, आफ्ना मान्छे र शक्तिशाली व्यक्तिका घरमा लगानीदेखि सरक्षणमा उद्यत छ ।’
उनले आफुहरु जस्तै शैलीमा नगर विकास समितिसंग सम्झौता गरेर घर बनाएर बसेको त्यसमा पालिका सरकारले लगानी गरेर झन उल्टै सरक्षण गरेको दावि छ ‘हाम्रो घर जस्तै अन्य हाम्रै जस्तो नविसबाट जमिन भाडामा लिएर बनेका सरचना नभत्काए भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थी, उपमेयर निलम लेखक र मेयर पदम अवस्थीले राजिनामा दिनुपर्छ, ‘उनले भने, ‘उनीहरुले आफ्ना र शक्तिशाली काँग्रेसकै नेताका घर बचाउन हाम्रो घर भत्काएका हुन ।’
हिन्दु स्वयक सेवक संघ राष्ट्रिय बौद्धिक संघका सदस्य लक्ष्मीदत्त भट्टले नगर विकाससंग ०६९सालमा बार्षिक ४ हजारमा जमिन भाडामा लिएर २० बर्षका लागि भाडामा लिएको भएपनि पालिकाले केशव आश्रम मात्रै तोडेर भग्नाअवशेष बनाईदिएको बताए । ‘हामीसंग अझै सम्झौता छ, नविसले निर्णय गरेन त्यो यसको विषय हो, हामीले नविससंग सम्झौता गरेर जमिन भाडामा लिएका हौँ, कब्जापनि होईन, ‘उनले भने, ‘तैपनि तोडिदियो, छेउछाउमै र अन्य क्षेत्रमा रहेका यस्तै प्रकृतिका भवन बचाउन स्थानीय सरकार सकृय छ ।’ हिन्दु स्वयमसेवक संघ केन्द्रीय सदस्य हर्केष विष्टले स्थानीय सरकारले जानकारी बिनै भवन भत्काएर अन्याय गरेको बताए । ‘हामीसंग चाबी नियन्त्रणमा लियो, त्यहाँभित्र थुप्रै समान थिए, ०४८सालदेखिका कागजपत्र पनि थिए, तर छापामारशैलीमा भत्काएर सबै स्वाहा पारिदियो, भत्काउने सुचना दिएको भएपनि हामीले समान र कागजात छ सुरक्षित राख्थ्यौँ ।’
केशव आश्रम सहित छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको भवन भत्काएपछि अन्यलाई सरक्षण गर्न थालेपछि स्थानीय सरकारको आलोचना भईरहेको छ । नयाँ अभिमत साप्ताहित पत्रिकाका संचालकले समेत जानकारी बिनै भत्काएर कागजातदेखि समान नष्ट गरिदिएको दुखेसो पोखेका छन । स्थानीय सरकारले अरुमाथि कानुन आफ्नामाथि लगानीदेखि सरक्षणमा जुटेको जनाएका छन । भीमदत्त नगरपालिकाले अवैध सबै सरचना भत्काउने जनाउदै आएको छ ।