कञ्चनपुर:आर्दश युवा समाजलाई बेदकोट नगर स्तरिय क्रिकेट कपको उपाधी पाईएको छ । न्यू बेदकोट समाज विकास केन्द्रले आयोजना गरेको नगर स्तरिय क्रिकेट प्रतियोगितामा बेदकोट नपा १ हात्तीथलाको आर्दश युवा समाजले उपाधी जितेको हो ।

आर्दश युवा समाजका कोडिनेटर दल बहादुर धामीले बेदकोट १०लाई १विकेटले हराउँदै उपाधी चुमेको बताए । क्रिकेट उपाधी पाएको आर्दश युवा समाजले आइतबार रौटेलाकै बृद्ध आश्रममा फलफुल एव खाद्यान्न वितरण गरेको छ । बेदकोट १का वडाध्यक्ष रमेश भण्डारी, आर्दश युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशी, आर्दश युवा समाजका कोडिनेटर दल बहादुर धामी सहितका खेलाडीको सहभागिता रहेको थियो ।







