बेलौरीको रामलिलामा भक्तजनको घुइचो


बेलौरी : कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाको खुला मञ्चमा यहि कार्तिक २० गतेदेखि सुरु भएको भगवान श्रीराम चन्द्रको जिवन गाथामा आधारित रामलिला मञ्चनको कार्यक्रममा अवलोकनका लागि आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गइ रहेको छ । संस्कृतिको संरक्षण र सामाजिक एकताको प्रवर्धनका लागि बेलौरी सांस्कृतिक तथा रामलिला समितिको आयोजनामा हुदै गरेको रामलिला बेलुकी ७ बजे देखि आरतीबाट सुरु हुने गरेको छ । बेलौरीको खुला मञ्चमा करिब २ दशकपछि आयोजना भएको रामलिला हेर्नका लागि छिमेकी पालिका लालझाडी,बेल्डाँडी तथा पुनर्वासबाट समेत भक्तजन आउने गरेका छन ।

भगवान श्रीराम चन्द्रको जिवनलिलाको प्रत्यक्ष वर्णनबाट सबैको सत्चरित्र निर्माणमा टेवा पुग्न सकोस भनि रामलिला आयोजना गरिएको समितिका अध्यक्ष दिनेश बहादुर कुँवरले बताउनु भयो । रामलिलाको अवलोकनका लागि भक्तजनहरु बेलुका ६बजे देखिनै आएर सिट सुरक्षित गरिहाल्ने गरेको कार्यक्रमको संगीत निर्देशकमा भीमराज पन्त तथा व्याख्यानकर्तामा समिति सल्लाहकार संयोजक प्रेम सिंह बोहरा हुनु हुन्छ । विभिन्न समयका रामलिलामा मूख्य मुख्य पात्रको भुमिका निर्वाह गरि सक्नु भएका डा.भुपेन्द्र सिंह विष्ट, गोपाल सिंह गुरुङ लगायतको सल्लाहकार समुहबाट रामलिला कार्यक्रम अगाडी बढिरहेको छ । विभिन्न पात्रको भुमिकामा तालिम प्राप्त कलाकारहरुको अभिनयले रामलिलाको प्रस्तुती वास्तविकझै लाग्ने गरेको छ ।

रामलिला कार्यक्रम व्यवस्थापनमा स्वयम्सेवकको रुपमा जय महाँकाल क्लब, बेलौरी नगर युवा सञ्जाल, महाकाली मा.वि., महाकाली बहुमुखी क्याम्सपका युवाहरु निःस्वार्थ तवरले खटिइ राख्नु भएको समिति सचिव रामेश्वर न्यौपानेले बताउनु भयो । रामलिला अवलोकनका लागि आउनुहुने सांसद,नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिको उपस्थितीले अझै कार्यक्रम प्रभावकारी भएको आयोजकको भनाइ छ । भगवान रामचन्द्रको जिवनलिलामा आधारित रामलिला मञ्चन भव्य रुपमा भइरहेको कार्यक्रममा उपस्थित भइ शोभाबढाइ दिन बेलौरी सांस्कृतिक तथा रामलिला समितिले अनुरोध समेत गरेको छ । उक्त रामलिला मञ्चनको प्रत्यक्ष प्रसारण बेलौरी स्थित रेडियो सुदुर सञ्चारले दैनिक रुपमा गरि राखेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img