सामाजिक बिकास अभिबृद्धि केन्द्र रेडियो कञ्चनपुर ९०.२ मेगाहर्जको ५ औं अधिबेशन सम्पन्न


कञ्चनपुर :: कञ्चनपुरको महेन्द्रनगरमा रहेको सामाजिक बिकास अभिबृद्धि केन्द्र रेडियो कञ्चनपुर ९०.२ मेगाहर्जको ५ औं अधिबेशन आज सम्पन्न भएको छ । सामाजिक बिकास अभिबृद्धि केन्द्र रेडियो कञ्चनपुर ९०.२ मेगाहर्जको पाचौं अधिबेसन संस्थाका अध्यक्ष लालमनि पाण्डेयको अध्यक्षता र भिमदत्तनगरपालिकाका नगरप्रमुख पदम बोकटिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यसैगरि कार्यक्रमका बिशिष्ट अतिथि बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा रहनुभएको थियो । कार्यक्रमको आतिथ्यता यस संस्थाका संस्थापक भानुभक्त जोशि, संस्थाका शेयर सदस्य तथा नेपाली कांग्रेस कञ्चनपुरका सचिब भिमराज भट्ट, संस्थाका शेयर सदस्य तथा नेपाली कांग्रेस कञ्चनपुरका पुर्ब कोषाध्यक्ष कृष्ण कुवँर क्षत्रि, नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरका कार्यकारि निर्देशक अशोक बिक्रम जैरु, जेके मेडिकेयरका सञ्चालक देवराज पाण्डेय लगायतका ब्यक्तिहरु रहनुभएको थियो ।

कार्यक्रममा सचिव सिद्ध राज भट्टले सांगठनिक प्रतिबेदन र संस्थाका कोषाध्यक्ष मिन बहादुर साउदले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष अनिता मण्डैले राख्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष भानुभक्त जोशि, निवर्तमान स्टेसन म्यानेजर केशब साउद, नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारि निर्देशक अशोक बिक्रम जैरु,जेके मेडिकेयरका सञ्चालक देवराज पाण्डेयलाई सम्मान गरिएको छ ।

यसैगरि संस्थाको ५ औं अधिबेसनले कृष्ण सिंह देउवाको नेतृत्वमा नया कार्यसमिति समेत चयन गरेको छ । समिति उपाध्यक्षमा अनिता मडै, सचिबमा सिद्धराज भट्ट, सहसचिवमा जय बहादुर बुढाऐर, कोषाध्यक्षमा केशव राज पन्त चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विर्ख बहादुर मल्ल,टेक बहादुर कठायत, ईन्द्रा साउद र मान बहादुर बुढा चयन भएका छन । कार्यक्रमका संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img