कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले गड्डाचौकीमा सशस्त्र प्रहरीको मनपरीले तस्करी बढिरहेको आरोप लगाएका छन ।
सत्ताधारी नेपाली काँग्रेसका नेता समेत रहेका भीमदत्त नगरका जनप्रतिनिधी थापाले गड्डाचौकीमा सशस्त्र प्रहरीको मनपरीले तस्करी बढिरहेको आरोप लगाएका हुन । उनले समाजिक सञ्जालदेखि भन्सार, ईप्रका गड्डाचौकीदेखि सशस्त्र प्रहरी कार्यालयमै पुगेर नागरिकमाथि दुख दिने काम बन्द गर्न आग्रह गरेका छन ।

एकदिन अघि वडाध्यक्ष थापाले समाजिक सञ्जाल मार्फत गड्डाचौकी बोर्डरमा सुरक्षाकर्मीको ज्यादती निकौ बढेको छ, मन परेर समाउने मन नपरे छाड्ने, अव्यवस्थित भन्सार कार्यालय, तस्कर मालामाल सार्वसाधारण जनतालाई निकै समस्या भयो । भन्दै धारणा सार्वजनिक गरेका वडाध्यक्ष थापाले शुक्रबार भन्सार कार्यालय पुगेर सशस्त्र प्रहरीले चेकिङ्गका नाममा ज्यादती गरेको भन्दै भन्सारको ध्यानाकर्षण गराएका छन । भन्सार ब्यारेक एक ठाँउमा अनि चेकिङ्ग अनेकन ठाँउमा भएर ठुला तस्कर व्यवसायीलाई छुट साना घरसायी साईकल, मोटरसाईकलमा समान ल्याउनेमाथि अन्याय गरेको उनको आरोप छ ।

‘गड्डाचौकी भन्सारदेखि महेन्द्रनगरसम्मै ७,८ ठाँँउमा चेकिङ्गका नाममा सार्वसाधारणलाई हैरानी छ, ‘ठुला तस्करमाथि छुट छ ।’ भन्सारका कर्मचारीले ब्यारेल मन परे खोल्ने नपरे नखाल्ने प्रवृतिको सशस्त्र प्रहरीले नागरिकमाथि अन्याय गरिरहेको उनको आरोप छ । भन्सार क्षेत्रमा खटिएका सुरक्षाकर्मीले तस्करीको समान मात्रै बरामद गर्दै आएको बताए । भन्सार अधिकृत तेज बहादुर रावलले भन्सार ब्यारेल नियमित गर्नेदेखि एकीकृत चेकजाँच बढाउने बताए । स्थानीयले भन्सार क्षेत्र त्यसको वरसम्म कडाई गरेर केही नहुने जिल्लाभरी तस्करी भईरहेकोले सेटिङ्ग भत्काउनुपर्नेमा जोडदिएका छन ।







