फोटो प्रतियोगितामा महेन्द्रनगरका भाट प्रथम


कञ्चनपुर :  फोटो प्रतियोगितामा कञ्चनपुर महेन्द्रनगरमा बालक पुजन भाट प्रथम भएका छन । सुदूर मल्टिमिडिया प्रालिले वडादशैँ, शुभदिपावली एव छठ ०८१ को अवसरमा आयोजित फोटो प्रतियोगितामा भीमदत्त नगरपालिका १५ निम्बुखेडा महेन्द्रनगरका भाट प्रथम भएका हुन । ४बर्षिया भाट रेडियन्ट मावि एलकेजीमा अध्ययनरत छन ।

देशभरीका १ हजार ८१० जना प्रतिस्पर्धी मध्ये भाट प्रथम भएको सुदूर मल्टिमिडिया प्रालिले जनाएको छ । वडादशैँ, शुभदिपावली एव छठ तिहार विशेष फोटो प्रतियोगितामा सर्वाधिक लाईक, कमेन्ट प्राप्त गरेका थिए । पुर्व राष्ट्रसेवक समेत रहेका पुजन भाटका बाबु धर्म भाटले बालबालिकाहरुलाई पढाईका साथै अतिरिक्त कृयाकलापमा सहभागिले बृद्धि विकास हुने भन्दै खुसी व्यक्त गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img