माओवादी केन्द्र बेलडाँडीले भ्रष्टाचार बिरुद्ध खबरदारी गर्ने

कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेलडाँडीले भ्रष्टाचार, बेथिति बिरुद्धमा खबरदारी गर्ने भएको छ । मंगलबार माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिको बैठकले भ्रष्टाचार, बेथिति बिरुद्धमा खबरदारी गर्ने भएको हो । नेकपा माओवादी केन्द्र बेलडाँडीका इन्चार्ज हरि शर्माले बैठकले संगठन विस्तारका कार्यक्रमदेखि भ्रष्टाचार, बेथिति बिरुद्धमा सम्बन्धीत सरकारी, सार्वजनिक निकायको ध्यानाकर्षण गराएर खबरदारी गर्ने निणर्य गरेको बताए । इन्चार्ज शर्माले बेलडाँडी गाँउपालिका भूगोलमा तीनै तहका सरकारबाट हुने कामकाजको गुणस्तरियतादेखि बेथिति बिरुद्धमा निगरानी गर्दै सुधारका लागि दवावमुलक कार्यक्रम संचालन गर्ने बताए ।

सार्वजनिक एव सरकारी निकायका हुने ढिलासुस्ती विकास निर्माणमा ढिलासुस्ती, कमिसन बिरुद्धमा सघर्ष गर्ने बताए । ‘०७३ सालमा ठेक्का भएको कैलाली, कञ्चनपुरका सदरमुकाम जोड्ने हुलाकी राजमार्ग अहिलेसम्म निर्माण कार्य पुरा भएको छैन, ‘उनले भने, ‘राज्यको सम्पत्ती दोहन हुने, तर जनताले सास्ती पाईराख्ने प्रवृति बिरुद्धमा समेत पाटीले संघर्ष गर्नेछ ।’ गत असारमा आएको वाढीबाट क्षतिग्रस्थ सरकारी एव निजी सम्पत्तीको अझैपनि पुर्ननिर्माण भएको छैन । बेलडाँडी गाँउपालिका ५ ईमलिया गणेश मावि नजिक नहर भत्किएर किसानदेखि विद्यार्थी सर्वसाधारणलाई समस्या भएको छ, यस्तै झर्नाखोलाले बेलडाँडी १ सरस्वती माविका विद्यार्थी सहितका सार्वसाधारणलाई जोखिम भएपनि स्थानीयदेखि तीनै तहका सरकार जनप्रतिनिधीले देखे नदेखेजस्तो गरेको माओवादी बेलडाँडीको ठहर छ ।

उर्बराभूमि क्षतियकरण, कटानी रोक्नका लागि चौधर नदी, झर्नाखोला सहितका नदीखोलामा तटबन्धका कार्यक्रम संचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । माओवादी बेलडाँडीले सार्वजनिक ७२ विगाह जमिन सरक्षणका साथै उक्त जमिनमा सरकारी तहबाट निर्माण हुने सरचना विवादरहित रुपमा अघि बढाउन समेत सुझाव दिएका छन । जनतालाई दुख, ईगो भन्दा सबैको सहमती सहकार्यमा कामकाज अघि बढाउनुपर्ने माओवादीको ठहर छ । माओवादीले बेलडाँडीमा रहेको सिमसार जमिन पुर्नरुत्पादनका लागि तीनै तहका सरकार जिम्मेबार हुनुपर्ने समेत जनाएको छ । यस अघि माओवादी केन्द्रको सरकारका पालामा शुरु भएका योजनादेखि सुशासन कायम भएमात्रै बेलडाँडी सम्बृद्ध बन्ने निष्कर्ष निकालेका छन । स्थानीय किसानका समस्या समाधानका लागि समेत सरकार गम्भिर हुनुपर्ने, सीमा सुरक्षादेखि नागरिकलाई सुविधा दिनुपर्ने, गाँउकै विद्युत शव स्टेशनका लागि दैजी बेलडाँडी भएर विद्युत विस्तारमा जोडदिएको छ ।

बेलडाँडीको शिक्षा, स्वास्थ्य क्षेत्र सुधारका लागि समेत प्रभावकारी कार्यक्रम संचालन हुन नसक्दा नागरिकलाई सास्ती रहेको भन्दै माओवादीले त्यसतर्फ तीनै तहका जनप्रतिनिधीको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्रले अब भाषणबाजी गरेर भन्दा जनताको वास्तविक आवश्यकता बुझेर मात्रै कामकाज अघि बढाउनुपर्ने तर्फ तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहको अध्यक्षतामा बसेको बैठकमा पाटी केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको प्रमुख आथित्य, अर्का केन्द्रीय सदस्य दिपा चौधरी, बेलडाँडी इन्चार्ज हरि शर्मा सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको थियो ।

ताजा समाचार