बेलडाँडी उपप्रमुख शान्ति नाथको सचिवालयद्वारा ग्रिनपार्कका संचालक गिरीलाई सम्मान


बेलडाँडी:कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा निजी लगानीमा ग्रिनपार्क संचालन गरेका प्रेमराज गिरीलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथको सचिवालयले लिटिल ग्रिनपार्कका संचालक गिरीलाई सम्मान गरेको हो । उपप्रमुख नाथको सचिवालयले दशैँ, तिहार, छठ एव नेपाल सम्बदको अवसरमा आयोजित शुभकामना  आदान प्रदान कार्यक्रममा सम्मान गरिएको जनाएको छ ।

बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले गाँउको पर्यावरण पर्यटनमा प्रेमराज गिरीको भूमिका सरानिय भएको निजी क्षेत्रको उत्साहका लागि सम्मान गरिएको छ । गिरीलाई खादा,फुलमाला अबिर लगाएर सम्मान गरिएको छ । सम्मान पाएका गिरीले स्थानीय सरकारबाट समेत ग्रिनपार्कप्रति चासो देखाएको भन्दै आभार प्रकट गरेका छन ।

गिरी परिवारले निजी लगानीमा गाँउमै पार्क बनाएपछि स्थानीय पर्यटन प्रर्बद्धनमा टेवा पुगेको छ ।बेलडाँडी गाँउपालिका २ रौलेश्वटोल स्थित लिटिल ग्रिनपार्कमै भएको कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका सत्ताधारी एमाले, काँग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img