दुई उद्यमी युवाहरुले उत्पादन गरेको फूल दोधारा चाँदनीको बजारमा (हेर्नुहोस् भिडियो)

कञ्चनपुर । नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली लागे संगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको अधिकांश व्यापारिक क्षेत्रहरुमा भीड लागेको छ । तिहारलाई फूलै–फूलको पर्व पनि भन्ने गरिन्छ । तिहारमा सयपत्री फूलको महत्व विशेष छ । तिहारलाई लक्षित गरी दोधारा चाँदनी नगरपालिकाका दुई युवाले लगाएको सयपत्री फूल यतिबेला ढकमक्क फूलेको छ । तिहारमा सयपत्री फूलको माँग बढ्ने हुदा दोधारा चाँदनी नगरपालिकाका युवा उद्यमी पवन बहेक क्षेत्री र प्रेम रोकायाले उत्पादन गरेको सयपत्री फूलको बजारमा बिक्री सुरु गरिएको छ् । रैथाने सयपत्री फुल जलवायु परिवर्तन संगै अन्य कारणले उत्पादन कम हुन थालेपछि दोधारा चाँदनी नगरपालिकाका दुई युवाहरुले जग्गा भाडामा लिएर सयपत्री फुल खेती गरेका हुन् । दुवै जना युवा उद्यमीले दोधारा चाँदनी नगरपालिकाको सबै भन्दा पुरोना बजार मानिने बाबाथान बजारमा सयपत्री पुल बिक्री सुरु गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

युवा उद्यमी प्रेम रोकायालाई फुल उत्पादनमा संस्थाले सघाएको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । प्रेम रोकायाले यस वर्ष पनि ५ कुन्टल सयपत्री फुल उत्पादन गरि बिक्री बितरण गर्दै आएको उहाँले बताउनुभयो । बिगतका दिनहरुमा प्लाष्टिकका माला बढी माँग रहेको भएतापनि २ वर्ष देखि सयपत्री फुलको माला बढी माँग रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो ।

यस अघि सयपत्री फूलको मालाले बजार नपाए पनि दुई वर्ष देखि सयपत्री फुलको मालाले राम्रो बजार पाएको दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा व्यापार गर्दै बस्दै आएका व्यापारी कमला उपाध्यायले बताउनुभएको छ् । आज बिहान ५० केजी सयपत्री माला फुल बिक्री गरेको बताउदै व्यापारी कमला उपाध्यायले गत वर्ष दुई कुन्टल बढी सयपत्रीको फुल र माला बिक्री गरेको उहाँले बताउनुभयो ।

प्रति केजीको सयपत्री फुलको मुल्य रु. ३ सय ५० र प्रति सयपत्री मालाको मुल्य रु. १ सयमा बेच्दै गरेको उहाँले बताउनुभयो । यस्तै बाबाथान बजारमा व्यापार गर्दै बसेका उत्सव रसाईलीले पछिल्लो समय विभिन्न संघ संस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदान जस्ता कार्यक्रममा समेत सयपत्री मालाको खरिद गर्ने ग्राहक बढेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमानामा भारतिय सिमा सुरक्षा बल (एसएसवी) र सशस्त्र प्रहरीले सिमा क्षेत्रमा व्यापारीहरुलाई कृत्रिम फुल निर्यातमा कडाई गरेपछि स्थानियहरुले उत्पादन गरेको फुलको माँग ह्वात्तै बढेर गएको हो । गत बिगतका दिनहरुमा प्लाष्टिक मालाको माँग बढेको भएतापनि केही वर्ष देखि सयपत्री फुलको मालाले राम्रो बजार पाएको उत्सवले बताउनुभएको छ् ।

ताजा समाचार