कञ्चनपुर: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कञ्चनपुरले बृद्धआश्रममा फलफुल वितरण गरेको छ । प्याब्सन कञ्चनपुरले विजयादशमी, शुभदिपावली, छठ एव नेपाल सम्बद्धको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा (प्याब्सन) कञ्चनपुरले बृद्धआश्रममा फलफुल वितरण गरेको हो ।

प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव भट्टले दिवसका अवसरमा रौटेलाको बृद्धआश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई फलफुल एव जुस वितरण गरिएको बताए । साथै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको बताए । साथै प्याब्सन केन्द्रीय कार्यक्रम बारेमा समेत छलफल गरिएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार हिरा चन्दको प्रमुख आथित्य एव केन्द्रीय उपाध्यक्ष सुरेन्द्र ओझाको बिशिष्ठ आथित्यमा, केन्द्रीय सदस्य प्रेमसिह पुजारा सहितको उपस्थितिमा केन्द्रीय, प्रदेश, जिल्ला र पालिका पदाधिकारी, सदस्यहरुको उपस्थितिमा मनाईएको छ ।

