कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मुल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन । तरकारी बजार मण्डीमा एक मुल्य, बजारमा अनेकन मुल्यमा व्यवसायीहरुले बेचबिखन गरिरहेका छन । तरकारीको समान दररेट नलगाईकनै व्यवसायीहरुले उपभोक्ताहरुमाथि फरक फरक मात्रै नभई चर्को रकम अशुलीरहेका छन ।

मण्डीमा प्रतिकिलो एकसय रुपैयामा रहेको निम्बु (कागती), बजारमा दोब्बर बढि रकम अशुलेर बिक्रि वितरण गरिरहेका छन । उपभोक्ता समेत नयाँ नेपाल चाउमिन सेन्टरका संचालक समेत रहेका हेमराज जोश्ीले गल्ली नम्बर ४ मा रहेको श्री कृष्ण मुरारी फु्रट सेन्टरमा मण्डी भन्दा दोब्बर, तेब्बर मुल्यमा कागती सहितका सबै तरकारी बिक्रि वितरण हुँदा पनि स्थानीय सहितका सरोकारवाला उदाधिन रहेको बताए । ‘म मंगलबार बिहान निम्बु किन्न कृष्ण मुरारी फु्रट सेन्टरमा गए मण्डी भन्दा दोब्बर मुल्य लियो, ‘उनले भने, ‘मण्डीमा एक सय रुपैया किलो छ, यहाँ मण्डि नजिकै हुँदा पनि यस्तो बेथिति भयो ।’

उक्त पसलमा अहिले मात्रै नभई हरेक समानको मुल्य चर्को हुने, तर स्थानीय सरकारले पनि अनुगमन नगर्ने गरेको उनको दुखेसो छ । उपभोक्ता लुट्नेमाथि कार्बाही गर्नुपर्ने उनको भनाई छ । श्री कृष्ण मुरारी फु्रट सेन्टरका संचालकले भने, बोल्ने क्रममा २सय भनिएको बताए । उनले यस्तो बताएपनि मण्डी भन्दा अझै ५०रुपैया बढि नै लिएका छन । कञ्चनपुर मण्डि व्यवसायी संघका अध्यक्ष विशाल सोनारले तरकारीको समान दररेड हुनुपर्ने भएपनि कुनै व्यवसायीले उपभोक्ता ठगे सम्बन्धीन निकायमा उजुरी गर्नुपर्ने बताए ।

‘अहिले कागजीको क्वालिट अनुरुप फरक फरक भएको होला, ‘उनले भने, ‘भारतबाट आउने मङगो भयो, नेपालको उत्पादन सस्तो छ अब कुन व्यवसायीले कतिको अन्तरले फरक गरिदियो, त्यो बुझ्नुपर्ला ।’ भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले कुनैपनि तरकारी व्यवसायीले उपभोक्तालाई बढि मुल्य लिएर ठग्नेदेखिका काममाथि अनुगमन गर्दै दोषि भेटिए कार्बाहीको चेतावनी दिएका छन ।






