दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास शाखाको आयोजनामा भोली देखि वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको नगर स्तरिय खेलकुद बिकास समितिका अध्यक्ष दिवान चन्दले जानाकरी दिनुभएको छ् । प्रतियोगिता संचालनको लागी सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभएको छ् ।

प्रतियोगितामा वडाभरीका १० टिमको सहभागिता रहने आंकलन गरिएको छ् । प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार नगद र द्धितिय हुने टिमलाई रु. १५ हजार नगद र ट्रफी र प्रमाण पत्र प्रदान गरिने बताईएको छ् ।
प्रतियोगिता आउदो १४, १५, १६ गते सम्म चल्ने आयोजक संस्था नगर स्तरिय खेलकुद बिकास समितिले जनाएको छ् ।
