कञ्चनपुर : भीमदत्त नगरपालिका १०नम्बर वडाको(बि) टिमलाई छैटौँ वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी पाएको छ । भीमदत्त नगरपालिका १२नम्बर वडाको आयोजनमा पूर्णा उच्च माविको प्राङगणमा सोमबार सम्पन्न प्रतियोगितामा भीनपा ७ वडालाई हराउँदै १०नम्बर वडाको(बि) टिमलाई छैटौँ वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी पाएको हो । भीनपा १२का सदस्य नर बहादुर साउदले भीनपा १०(बि)ले भीनपा ७लाई हराउँदै छैटौँ वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी पाएको बताए ।
भीनपा १०(बि)ले भीनपा ७लाई १९३रनको टार्गेट दिएको थियो । जसमा भीनपा ७ले १२९रतनमै चिन्त बुझाउनुप¥यो । विजेता टिमले नगद १लाख ५५, उपविजेता टिमले ८० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र दिईएको छ । म्याद अफदी म्याच राहिल चन्द, मनोज खडकाले सर्वाधिक रन ५०बलमा ७५रन बनाए । भीनपा १२का वडाध्यक्ष भुपेन्द्र सिह रावलले वडाको खेलकुद बृद्धि विकासदेखि खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका पदम बोगटीले प्रतियोगिताबाट नगरकै क्रिकेटमा उपलब्धी भएको बताए । उपप्रमुख निलम लेखकले प्रतियोगिता थप प्रभावकारी बनाउनुपर्नेमा जोडदिईन ।
क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्दले क्यानको नियम अनुरुप प्रतियोगिता हुनुपर्नेदेखि उत्कृष्ट खेलाडी छनौट गरेर जिल्लाकै टिम बनाउन सुझाव दिए । २० असोजदेखि शुरु भएको प्रतियोगिता १२ कार्तिकमा समापन भएको उक्त प्रतियोगितामा २५टिमको सहभागिता रहेको थियो । गाँउमै प्रतियोगिता हुने क्रिकेटका खेलाडीदेखि क्रिकेटप्रेमीको सहभागिता रहेको थियो ।
