झलारी : शुक्लाफाटा नगरपालिकाभित्रका विभिन्न समूह तथा क्लबहरूबीच भएको फुटबल प्रतियोगिता सम्पन्न भएको छ। शुक्लाफाटा नगरपालिका वडा नं ७ को सिमलफाँटा खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतिस्पर्धात्मक खेलहरू शुक्रबार सम्पन्न भएका छन्। दुई दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा पाँचवटा टोलीको सहभागिता रहेको थियो।

नक आउट विधिबाट खेलाइएको फुटबल प्रतियोगितामा प्रतियोगिताको अन्तिम दिन शुक्रबार भएको फाइनल खेलमा पिपपलाडी र आयोजक सिमलफाँटा खेलमैदानको टोली बीच प्रतिस्पर्धा भएको थियो। आज भएको फाइनल खेलमा आयोजकले पिपलाडी फुटबल टोलीलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो । उप विजेता टोलीका रूपमा पिपलाडी फुटबल टोली रहेको छ।

शुक्लाफाटा नगरभित्रका पाँचवटा फुटबल समूहहरूबीच भएको प्रतियोगिताले खेल भावनाको विकासका साथै फुटबल प्रतिको आकर्षण बढाउन मद्दत गरेको आयोजक टोलीका प्रमुख दानसिंह कुवरले बताउनुभयो । उहाँले युवाहरूलाई खेलकुदमा आकर्षण बढाउन आगामी दिनहरूमा थप प्रतियोगिताहरू गर्न आफूहरू तयार रहेको बताउनुभयो।







