बिनबारीका बडायक दाम्पतीको हत्या


कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाँउपालिकामा एक युवा दाम्पत्तीको हत्या भएको छ । जिल्लाको लालझाडी गाँउपालिका १ बिनबारीका स्थानीय बडायक दाम्पत्ती रमेश बढायक (रामेश्वर) बडायक र कमला बडायकको हत्या भएको हो । शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका छन ।

गयराती उनीहरुको हत्या भएको प्रहरीको आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ बर्षिया रामेश्वर बडायक र ४३ बर्षिया उनकी श्रीमती कमला बडायक मृत फेला परेको बताए । ‘उनीहरुहरुको शरिरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ, ‘उनले भने, ‘अहिल्यै हत्या वा के कारणले भयो भन्ने बारेमा हामी अहिल्यै भन्न सक्दैनौँ, तर प्रहरीले अनुसन्धान जारी राख्छ ।’

हत्यारा समुहको पहिचान गर्नका लागि प्रहरीले धनगढीबाट कुकुर समेत मगाईएको छ । बडायक दाम्पतीका एक छोरा भारत र अर्का छोरा स्वदेशमै रहेका छन । बडायक दाम्पत्तीको हत्यासंगै गाँउमा सन्नटा छाएको छ । स्थानीयले हत्याराको पहिचान गरेर कार्बाहीको माग अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img