धनगडी : कैलालीको धनगढीमा उद्घोषण कला सम्बन्धित चार दिने तालिम सुरु भएको छ। जागृति फाउन्डेसनको कार्यालय तारानगरको आयोजना मा धनगढी कैलालीमा तालिमको उद्घाटन भएको हो । कार्यक्रममा प्रमुख अतिथि डा. राजन विनायक पासाले उद्घोषण कलाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

तालिम कार्यक्रममा मा जम्मा १८ जना को सहभागीता भएको आयोजक जागृति फाउन्डेसनले जनाएको छ । बुधबार शुरु भएको उद्घाटन कार्यक्रममा संस्थाको अध्यक्षता सुमन भट्ट पनेरु अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्रोफेसर डा.राजन विनायक पासा हुनुहुन्थ्यो भने उक्त कार्यक्रम लाई संस्थाका कार्यकारी निर्देशक रोशन प्रसाद श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।







