भान्साको खर्च घटाउन दोधारा चाँदनीमा विद्युतीय चुला

दोधारा । दिन प्रति दिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ् । जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयले वैकल्पीक उर्जा कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २ सय ११ वटा बिद्युतिय चुल्हा बितरण गरेको जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले वैकल्पीक उर्जा कार्यक्रम अन्तर्गत नगर क्षेत्रमा बसोबास गर्ने २ सय ११ जनालाई वडा कार्यालयकले छनौट गरि केही दिन अघि देखि बिद्युतिय चुल्हा बितरण कार्य सुरु गरिएको बताईएको छ् ।

बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न भान्सालाई विद्युतीकरण गरि केही रकम बचाउन सकिने बताईएको छ् ।

 

ताजा समाचार