पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीले समुदायमा आधारित समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तिन दिने तालिम संचालन गरेको छ् । सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छनौट गरि तिन दिने समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्य तालिम संचालन गरेको सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभुत ज्ञान दिने उद्धेश्यले तालिम संचालन गरिएको एसपी खगेन्द्र बहादुर चन्दले बताउनुभएको छ् ।
दुबै तिर ठुला नदीको बिचमा रहेको दोधारा चाँदनी नगरपालिका बाढीको अत्यन्तै जोखिममा रहेको स्थान रहेको बताउदै सशस्त्र प्रहरी वल नेपाल नं. ३५ गण हेक्वाटर शैलेश्वरी कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्दले विपद् सम्बन्धी बिद्यार्थीहरुलाई आधारभुत ज्ञान मात्र दिनसके फलदायी हुने बिश्वास ब्यक्त गर्नुभएको छ् । बिद्यार्थीहरुलाई तालिम प्रदान गर्दा धेरै व्यक्तिहरु लाभान्वित हुने उहाँको भनाई रहेको छ् ।
बाढी तथा पानीजन्य विपद्हरुबाट कसरी बाँच्न तथा बचाउन सकिन्छ भन्ने विषयमा आधारभुत सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने बताईएको छ् । सशस्त्र प्रहरीले देशै भरी ५ सय जना युवाहरुलाई आधारभुत खोज उद्धार तालिम दिने उद्धेश्य अनुसार दोधारा चाँदनी नगरपालिकामा ५० जना युवाहरुलाई ३ दिनको लागी समुदायमा आधारित खोज उद्धार तथा प्रतिकार्यको लागी तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । विपद्को समयमा तालिम प्राप्त ब्यक्तीहरुको आवश्यकता हुने हुदा तालिममा सहभागी भएपश्चात समुदायमा गएर आफ्नो ज्ञान र सीपको उचित प्रयोग गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ् ।
तालिममा विपद्को बेला कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयमा तालिममा सिकाईने हुदा युवाहरुलाई समाज प्रति जिम्मेवारी रहन नगर प्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जुनसुकै बेला पनि बाढी र डुवान पर्न सक्ने भएको बिद्यार्थीहरुले बाढी आएको बेला आफु बच्नुको साथै मानविय सहयोगमा उत्रिन दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिममा सहभागी बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ् ।