आगो नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

कञ्चनपुर  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ९ सुन्दरपुरमा शुक्रवार उदयदेव माध्यमिक विद्यालयमा आगलागी हुन वाटजाने जोखिम तथा क्षतिबारे र उक्त जोखिम तथा क्षतिलाई के–कसरी न्युनिकरण तथा सुरक्षित हुने भन्ने वारेमा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुन्दरपुर खेलकुद विकास संस्थाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्राविधिक सहयोग फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा.लि. काठमाडौंले गरेको थियो ।

आगो नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम संस्थाका अध्यक्ष विरेन्द्र विष्टको अध्यक्षता सम्पन्न भएको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक वहादुर विष्ट रहनु भएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थि, जनप्रतिनिधि, स्थानियहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार