दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ बस्ने वर्ष अन्ताजी ३४ का याम बहादुर सुनारको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको र सोही वडा निवासी वर्ष अन्ताजी ३७ का जगदिश सुनार र वर्ष अन्ताजी ३० का बिक्की सुनार घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् ।
घाईते जगदिश सुनार र बिक्की सुनारको उपचार भईरहेको प्रहरीले जनाएको छ् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । रुखमा ओत लाग्ने क्रममा उनीहरुलाई चट्याङ लागेको बताईएको छ् ।