भ्रष्टाचार बिरुद्ध बहुमत कञ्चनपुरको अभियान : बेदकोट र शुक्लाफाँटा नगरमा ज्ञापन

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(बहुमत)ले भ्रष्टाचार बिरुद्धमा घोषणा गरेको अभियान अन्र्तरगत कञ्चनपुरका दुई स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बहुमत कञ्चनपुरले घोषणा गरेको भ्रष्टाचार बिरुद्धको अभियान अन्र्तरगत बेदकोट र शुक्लाफाँटा नगरपालिका (स्थानीय सरकार)लाई ज्ञापन पत्र बुझाएको हो । नेकपा बहुमत कञ्चनपुरका युवा नेता सुरेन्द्र धानुकले अभियान अन्र्तरगत बुधबार बेदकोट र शुक्लाफाँटा नगरपालिका (स्थानीय सरकार)लाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार नेकपा बहुमत शुक्लाफाँटा नगर इन्चार्ज सन्र्दभ र बेदकोट नगर इन्चार्ज बसन्तले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन । नेता धानुकका अनुसार ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा बहुमत जिल्ला इन्चार्ज अर्जुन र सेक्रेटरी नक्साल सहितका युवा विद्यार्थीकै उपस्थितिमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाईएको छ ।

बहुमत नेता धानुकले स्थानीय तह भ्रष्टाचारमा लिप्त भएको भन्दै अब उपरान्त भ्रष्टाचार भन्दा जनताको काममा खटिनका लागि सुझाव दिएका छन । बहुमत बेदकोट नगरका इन्चार्ज बसन्त र शुक्लाफाँटा नगर इन्चार्ज सन्र्दभले हस्ताक्षर गरेको ज्ञापन पत्रमा स्वदेशमै रोजगार दिन उद्योग अध्ययन गरी यथाशिघ्र संचालन गर्नुपर्ने, प्रमुख, उपप्रमुखको सम्पत्ती छानबिन गर्नुपर्ने, बेरुजु सार्वजनिक गर्नुपर्ने, छाडा पशु चौपाया व्यवस्थापन गर्नुपर्ने, अधुरा पूर्वाधार विकासका योजना अघि बढाउनुपर्ने, वाढीपीडितको पुर्नस्थापना गरिनुपर्ने, किसानलाई बालीनालीको उचित मुल्य निर्धारण गर्नुपर्नेदेखि कृतिक अभाव महङगी कालोबजारी नियन्त्रण देखि अखाद्य बस्तुको बिक्रि वितरणमा रोक्नुपर्ने माग अघि सारेका छन ।

ताजा समाचार