कञ्चनपुर: विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि भन्ने आदर्श नाराका साथ १२ औं राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रमका साथ मनाउने क्रममा भीमदत्त नगरपालिकाको आयोजनामा २०८१/०६/०१ गते आयोजना गरिएको विज्ञानप्रदशनि प्रतियोगिताको छुट्टै प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुलको बचस्व देखिएको छ ।
सामुदायिक तथा संस्थागत आधारभुत तह १–८ का छात्रछात्राहरुको प्रतियोगितामा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी द्धय योगेश लेखक र कविर सुनार प्रथम भएका थिए भने सामुदायिक तथा संस्थागत माध्यमिक तह ९–१२ का छात्रछात्राहरुको प्रतियोगितामा महेन्द्रनगर नमुना माध्यमिक विद्यालय प्रथम भयो भने ईन्टरनेशनल पब्लिक स्कुल द्धितिय भएको थियो ।
इन्टरनेशनल पब्लिक स्कुलका सुप्रित रावल,दिपेश पाण्डे,सिद्धान्त भट्ट, आदर्श जोशी र राम ऐर थिए भने महेन्द्रनगर मा।वि बाट समिर पाण्डे, साधना भट्ट,रमेश प्रसाद भट्ट र सक्षम भट्ट थिए । यसरी इन्टरनेशनल पब्लिक स्कुलले शैक्षिक क्षेत्र लगायत हरेक क्षेत्रमा राष्ट्रिय स्थरमै आफ्नो वर्चस्व राखेको छ । स्थान लिएका विद्यालय तथा विद्यार्थीहरुलाई संविधानको दिवस असोज ३ गते पुरस्कार वितरण गर्ने जनाईएको छ ।