दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न, ईन्टरनेस्नल लाई उपाधि

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेस्नल पव्लिक स्कुलले जितेको छ ।

कञ्चनपुरका व्यवशायी तथा ज्ञान भण्डारका सञ्चालक स्वर्गीय वाशुदेव बोहराको स्मृतिमा ही भाद्र २२ गते बाट सञ्चालन भएको दोस्रो बासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि ईन्टरनेष्नल पव्लिक स्कुलले जितेको हो ।

कञ्चनपुरका ३२ विद्यालयका ३५ टिम सहभागि भएको उक्त फुटसल प्रतियोगितामा सेमिफाईलमा ओम पुष्पान्जली स्कुललाई हराउदै फाईनलमा पुगेको ईन्टरनेस्नल पव्लिक स्कुल र साधारण मावि महेन्द्रनगर लाई हराउदै फाईनलमा पुगेको बैजनाथ मावि जडेपानी विच सोमवार सम्पन्न फाईनल खेलमा ईन्टरनेस्नल पव्लिक स्कुल विजयी भएको हो । फाईनल खेलमा बैजनाथ मावि जडेपानी लाई २ का विरुद्ध १३ को फराकिलो गोल अन्तरले हराउदै ईन्टरनेस्नल पव्लिक स्कुलले प्रथम स्थान हात पार्न सफल भएको हो ।

प्रतियोगिताको विजेता बने संगै ईन्टरनेस्नल पव्लिक स्कुलले नगद पुरस्कार रू ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिय स्थान सहित बैजनाथ मावि जडेपानीले रू २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बैजनाथ मावि जडेपानीका खेलाडि धिरेन्द्र दमाई म्यानअफ दि म्याच भएका थिए ।

ज्ञान भण्डारका सचालक तथा स्वर्गिय वाशुदेव बोहराका जेष्ठ सुपुत्र गौरव वोहराको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी कञ्चनपुर जिल्ला खेलकुद विकास समितका अध्यक्ष कुवेर खड्का रहेका थिए भने प्याव्सनका सचीव राकेस चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागि वक्ताहरुले खेलकुद तथा शिक्षाको क्षेत्रमा ज्ञान भण्डारका संस्थापक स्वर्गीय वोहराको योगदानको प्रसंसा गर्दै उनका सुपुत्रहरुले समेत उहाको कार्यलाई निरन्तरता दिएकोमा धनयवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद विकास समितका अध्यक्ष कुवेर खड्का तथा विशिष्ठ अतिथी कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द लगायत विभिन्न खेलकुद संघका प्रमुख प्रतिनिधि विद्यालयका शिक्षक, विद्यार्थी खेलाडी व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो।

ताजा समाचार