आचार्य कृष्ण दमाईलाई सम्मान

कञ्चनपुर : आचार्य कृष्ण दमाईलाई सम्मान गरिएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आचार्य दमाईलाई सम्मान गरेको छ ।शुक्रबार महेन्द्रनगरमा आयोजित १६औँ मुक्ति हलिया दिवसको अवसरमा दलित समुदायबाट पहिलो आचार्य गरेका दमाईलाई सम्मान गरिएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायबाट संस्कृत विषयमा नेपालमै पहिलो आचार्य गरेर कृष्ण दमाईको उत्साहका लागि सम्मान गरिएको बताए ।

आचार्य दमाईलाई कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिलामन्त्री हिरा सार्की, अन्तरिम विधायक नन्द सार्की, राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार सहितले दोसल्ला, प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

ताजा समाचार