महिला जनप्रतिनिध र महिला कर्मचारीले मनाए तीज

झलारी : शुक्लाफाँटा नगरपालिका वडा नं ११ मंगलवार तीज कार्यक्रमको आयोजना गरियो । महिला जनप्रतिनिधि, कर्मचारी, दीपनगर आधारभूत स्वास्थ्य केन्द्रका महिला कर्मचारीका लागि वडा कार्यालयले तीज कार्यक्रमको आयोजना गरेको हो ।
महिलाहरुलाई दर खाने र तीजको नृत्यमा नाच्नका लागि व्यवस्था गरिएको वडा सदस्य शान्ती देवी ऐरले बताउनु भयो । थोरै बजेट भएपनि वर्षमा एक पटक आउने तीज पर्वमा रमाउनका लागि वडा कार्यालयले व्यवस्था मिलाएको उहाँको भनाई रहेको छ ।
वडा अध्यक्ष शेर बहादुर साउदले तीज महिलाहरुको महत्वपूर्ण पर्व भएकाले दर खाने र तीज मनाउने वातावरण बनाईएको बताउनु भयो । जनप्रतिनिधि र महिला कर्मचारीहरुले तीज विशेष कार्यक्रम रमाईलो गरी मनाईएका छन ।

ताजा समाचार