शुदुरपश्चिमेलीको महान पर्व गौराको अवसरमा दोधारा चाँदनीमा बिभिन्न प्रतियोगिता संचालन

पप्पु गुरुङ्ग, दोधारा । शुदूरपश्चिममा गौराको रौनक सुरु भएको छ । सुदूरपश्चिमको मौलिक पर्वमा रुपमा मनाइने गौराको गाँउ देखि बजार क्षेत्रमा रौनक बढेको छ् । शनिवार विरुडा भिजाएर गौरा सुरु भएको हो । गौरा पर्वको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएका छ् । पुर्खाको दिन देखि चलि आएको गौरा पर्व आफूहरुले पनि संरक्षण गर्दै जानु पर्ने उद्धेश्य अनुरुप दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभएको छ् ।

शिद्धनाथ मन्दिर समिति कञ्चनपुरको आयोजना, दोधारा चाँदनी नगरपालिका– २ र ४ वडा कार्यालयको सहयोग र कृष्ण समाज बिकास नेपाल, सिद्धनाथ युनेस्को बिकास नेपाल र दोधारा चाँदनी तेक्वान्दो डोजाङको बिशेष सहयोगमा सुदूरपश्चिमको मौलिक पर्वको पावन अवसरमा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको वडाध्यक्ष सुनारले बताउनुभएको छ् । प्रतियोगितामा महिला र पुरुष सहभागी हुन पाउने ब्यवस्था गरिएको छ् । प्रतियोगितामा सहभागी हुन सबैलाई आयोजक संस्था शिद्धनाथ मन्दिर समिति कञ्चनपुरले आह्वान गरेको हो ।

प्रतियोगिताको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले गौरा पर्व सुदूरपश्चिममा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने गरिएको र परम्परागतरुपमा मनाउदै आईरहेको गौरा पर्वको महत्व, गरिमा, ईतिहासकोको बारेमा आफुले यस ठाँउमा धेरै चोटी बोलीसकेको बताउनुभएको छ् । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगाएतका भाकामा देउडा खेल खेल्ने चलन छ् ।

बिगतका दिनहरुमा दोधारा चाँदनीमा संचालन हुदै आएको ‘गौरा पर्व बिशेष’ कार्यक्रममा यस वर्ष आयोजक संस्थाले देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता समेत समाबेश गरेको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले गौरा पर्व शुदुरपश्चिमेलीको मात्र पर्व नभई देशै भरीको पर्वकोरुपमा मनाउनु पर्ने धारणा ब्यक्त गर्नुभएको छ् ।

शुदुरपश्चिममा मात्रै गौरा पर्वको नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेकामा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य रानाले अन्य स्थानहरुमा समेत पर्वलाई महत्व दिन नेतृत्व तह सम्म छलफल गर्न जरुरी रहेको बताउनुभएको छ् । पहाडको मौलिक पर्व गौरा पहाडबाट बसाई सरेर आएकाहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा धूमधामका साथ मनाउदै आएका छन् । गौरा पर्वमा मौलिकता संगै गौरा संग सम्बन्धित विभिन्न कार्यक्रमहरु पनि बिगतका दिनहरुमा समेत आयोजना गरिदै आएका छ् ।

गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई ब्रत बसी शिव र गौरीको पूजा आजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहि आएको छ् ।

ताजा समाचार