बेलडाँडीका चार युवाद्वारा फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग

कञ्चनपुर : शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका लागि बेलडाँडीका चार युवाले आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी घर भई हाल जिल्ला बाहिर तथा विदेशमा रहेका चार युवाले आर्थिक सहयोग गरेका हुन ।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि खेलकुदप्रेमी समेत रहेका बेलडाँडीका पाँच युवाले आर्थिक सहयोग गरेको बताए । अध्यक्ष बलायरका अनुसार पुर्व खेलाडी समेत रहेका हाल दुबईमा रहेका महेश घटालले ४ हजार १४१, युवा समाजसेवी एव क्यानेडामा कार्यरत रतन सिह कार्कीले ५ हजार १सय, हाल धनगढीमा रहेका देव रोकायाले ५ हजार १सय र दक्षिण कोरियामा रमेश खडकाले २ हजार १सय रुपैया आर्थिक सहयोग गरेका छन ।

यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

ताजा समाचार