कञ्चनपुर: शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका लागि बेलडाँडीका स्थानीय एव सिटिजन लाईफ ईन्स्योरेन्स बेलौरी शाखा प्रमुख पुष्कर राज भट्टले खेलाडीलाई जर्सी सहयोग गरेका हुन ।

सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी २ घर भई हाल सिटिजन लाईफ ईन्स्योरेन्स बेलौरी शाखा प्रमुख भट्टले खेलाडीलाई जर्सी सहयोग गरेका हुन । अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि खेलकुदप्रेमी समेत रहेका भट्टले आयोजक टिमका १५ खेलाडीलाई जर्सी सहयोग गरेको बताए ।
समाजसेवी युवा समेत रहेका भट्टले विगतदेखि विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएका छन । उनले आफ्नै गाँउमा भईरहेको प्रतियोगिता सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गरेको जनाएका छन । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

