कञ्चनपुर: शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका लागि बेलडाँडीका एक युवाले आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी घर भई हाल विदेश(दक्षिण कोरिया) रहेका सुवास क्षेत्री(सनी जेठारा)ले आर्थिक सहयोग गरेका हुन ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि पुर्व फुटबल खेलाडी समेत रहेका सुवासले ५हजार ५५५रुपैया आर्थिक सहयोग गरेका हुन । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।