कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ८का वडा कार्यालयले वडाको बृद्धि विकासका लागि पालिका, प्रदेश र संघीय सरकार सहित दातृ निकायको ध्यानाकर्षण गराउने कामकाज निरन्तर जारी राखेको छ । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश जोशीले वडाको दीगो विकास सम्बृद्धिका लागि वडा कार्यालयसंग आवश्यकता माग अनुरुप बजेट नभएपछि पालिका, प्रदेश र संघीय सरकार सहित दातृ निकायसंग माग गर्दै आएका छन ।
यसैंसिलसिलामा बेदकोट नगरपालिका ८का वडाध्यक्षले वडाको दीगो विकास निर्माणका योजनाको चाङ लगेर प्रदेश सरकारसंग ज्ञापन पत्र बुझाएका छन । वडाध्यक्ष जोशीले प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापालाई राजमार्गदेखि उत्तर चुरेसंगै रहेको वडाका विभिन्न विकास निर्माणका लागि बजेट माग गरेका छन । वडाध्यक्ष जोशीले बुझाएको ज्ञापन पत्र बुझ्दै आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले वडाको विकासका लागि जनप्रतिनिधीले माग अनुरुप बजेट दिने आश्वासन दिएका छन ।
यस अघि गत असारमा आएको वाढीले संघीय सरकारका गृहमन्त्री समेत रहेका वडाबासी रमेश लेखकसंग पनि वाढीबाट प्रभावित निजी, सार्वजनिक सरचना पुर्ननिर्माणको माग अघि सारेका थिए । वडाध्यक्ष जोशीले संघीयता बलियो बनाउन वडामै विकास निर्माणका योजना दिएर दिगो विकास गर्दै नागरिकलाई वर्तमान व्यवस्थाको प्रत्यक्ष अनुभुती दिलाउनुपर्नेमा तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन