बेलडाँडी : शुक्रबारदेखि कञ्चनपुरको बेलडाँडीमा शुरु भएको सातौँ बेलडाँडी खुला फुटबल प्रतियोगितामा विदेशमा भएका नेपाली युवाहरुले आर्थिक सहयोग गरिरहेका छन । देशका तीन सरकार छन तर, तीनै सरकारले ग्रामिण भेगमा हुने यस्ता फुटबल खेलकुद प्रतियोगिता भन्दा कमिसन आउने ठाँउमा बजेट नदिए भएपनि आयोजक आर्थिक संकटमा परेका बेला मातृभूमि छाडेर रोजगारीका लागि प्रदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरिरहेका छन ।
बेलडाँडी मातृभूमि भई हाल रोजगारीका लागि दक्षिण कोरियामा रहेका नविन भट्ट, भवराज जोशी(अनिल) र नविन खत्रीले आर्थिक सहयोग गरेको आयोजक अल स्टार युवा क्लबले जनाएको छ । अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि हाल दक्षिण कोरियामा रहेका फुटबलप्रेमी समेत रहेका भट्टले ३ हजार १५१, खत्रीले ५ हजार ५५५ र जोशीले ५ हजार ५५१रुपैया आर्थिक सहयोग गरेको बताए । अल स्टार युवा क्लबले बेलडाँडी गाँउपालिका १ कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा सातौँ खुला फुटबल प्रतियोगिता ०८१ आयोजना गरेको छ ।
विगतका बर्षहरु झै यस बर्ष पनि ग्रामिण भेगको फुटबल बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा निजी क्षेत्रबाट स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।